फिलिपिन्समा मेयरमाथि जेलभित्रै गोली प्रहार

Avatar photo
Dhadingpost
शनिबार, कार्तिक २०, २०७३

धादिङ कात्तिक २०-

rolando

फिलिपिन्समा लागू औषध तस्करीसँग जोडिएका एक मेयरलाई प्रहरीले जेलमै गोली हानेको छ । प्रहरीका अनुसार अलबेयुराका मेयर रोनाल्डो एस्पीनोसाले प्रहरी अधिकारीमाथि गोली चलाए, जतिबेला अधिकारीहरु जेलको उनको कोठरीमा हतियारको खोजी गरिरहेका थिए ।

समाचारमा जनाइए अनुसार पछिल्लो दुई सातामा मारिनेमा उनी दोस्रो मेयर हुन् । राष्ट्रपति रोड्रिगो डुटार्टेले दुबैको नाम लागू औषध व्यापारको सम्वन्धमा लिएका थिए ।

फिलिपिन्सका राष्ट्रपति डुटार्टेले ड्रग्स व्यापारसँग जोडिएका संदिग्धहरुलाई सिध्याउन चाहेका छन् । उनले गत साता लागू औषध व्यापारमा जोडिएका ठूला व्यापारी र उनीहरुसँग सम्वन्ध राख्ने मेयरहरुविरुद्ध कारबाही गर्ने बताएका थिए ।

राष्ट्रपतिमा निर्वाचित भएसँगै सुरु गरेको ड्रग्सविरुद्धको लडाईमा उनले देशभर समर्थन पाएका छन् । तर, यसमा मानवअधिकार हनन भएको भन्दै अन्तराष्ट्रिय स्तरमा आलोचना भइरहेको छ ।

मेयरको मृत्युबारे छानविन गर्नु पर्ने माग पनि उठेको छ । साथै उनको जेलको कोठरीमा कसरी हतियार पुग्यो भन्ने पनि पत्ता लगाउनु पर्ने माग उठेको बीबीसीले जनाएको छ ।एजेन्सी