धादिङ कात्तिक १८-
साउदी अरबका एक राजकुमारलाई जेलमा कोर्रा हानिएको छ ।
साउदी नरेशको आदेश अनुसार राजकुमारलाई जेद्दास्थित जेलमा कोर्रा हानिएको संचारमाध्यमहरुले जनाए पनि उनीमाथिको आरोपका बारेमा भने खुलाइएको छैन ।
दुई साताअघिमात्र हत्या अभियोगमा एक अर्का राजकुमारलाई मृत्युदण्ड दिइएको थियो ।
साउदी अखबार ‘ओकाज’ का अनुसार सोमबार मेडिकल परीक्षणपछि ती राजकुमारलाई जेलमा कोर्रा हानिएको हो । उनी कोर्रा हान्नका लागि शारीरिक रुपमा योग्य भए–नभएको जाँच गरेपछि उक्त सजाय दिइएको हो ।
सो अखबारले ती राजकुमारको नाम सार्वजनिक गरेको छैन । साउदी न्याय मन्त्रालयले यसबारेमा कुनै टिप्पणी गरेको छैन । (एजेन्सी)