बंगलादेशमा धादिङका डा. क्षेत्रीको वेजोड प्रस्तुती

Avatar photo
Dhadingpost
मङ्लबार, कार्तिक ९, २०७३

धादिङ कार्तिक ९ । बंगलादेशमा रहेर अध्यन गरि रहेका धादिङ बेसीका डा. रामथापा क्षेत्रीले स्टेज प्रोगाममा नेपाली लोकगितमा नृत्य गरेका छन् ।

नेपालका चर्चित कलाकार सुगम पोखरेल र कमलकुमार क्षेत्रीले भाग लिएका उक्त प्रोगममा धादिङका डा. क्षेत्रिको नृत्य समेत वेजोड बनेको थियो ।

विश्वव्यापी नेपाली विद्यार्थी संस्था (WNSO) आयोजनामा भएको संस्कृतिक कार्यक्रममा भाग लिदै डा. क्षेत्रीको नृत्य गित जत्तिकै राम्रो भएको भन्दै आयोजकले सम्मान पनि गर्यो, उनले चर्चित नेपाली लोक गित बाँझो खेतमा भन्ने बोलको गितमा नृत्य गरेका थिए ।

नेपालबाट बंगालादेश गई विभिन्न मेडिकल तथा डेन्टल कलेजमा पढ्ने विद्यार्थीहरुले प्रस्तुती प्रस्तुत गरेका थिए । अक्टोबर २० मा भएको सो कार्यक्रम बंगलादेशको विभिन्न विश्वविद्यालयमा अध्ययरत रहि टप टेनमा पर्ने नेपाली विद्यार्थीलाई ‘एक्सीलेन्सी अवार्ड’ तथा सटिर्फिकटबाट सम्मान गरिएको थियो ।

डा. शिरिष सिलवालको सभापतित्वमा सम्पनन्न भएको कार्यक्रममा ५ सय भन्दा बढी नेपाली विद्यार्थीहरुको उपस्थिति रहेको थियो । फोटो: रामथापा क्षेत्री