धादिङ कात्तिक ९-
आज संसदमा अख्तियार दुरुपयोग अनुुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्कीविरुद्धको महाअभियोग प्रस्तावमाथि छलफल हुँदैछ ।
प्रस्तावमाथि संसदमा सामान्य छलफल भएपछि महाअभियोग सिफारिस समितिमा पठाइनेछ ।
समितिमा विस्तृत अनुसन्धान गर्ने, आरोपितसँग बयान लिने तथा सफाइको मौका दिने लागयत काम हुनेछन् । समितिले अनुसन्धान सुरु गरेको ३० दिनभित्र संसदलाई प्रतिवेदन बुझाउनुपर्नेछ ।
त्यसपछि समितिले पठाएको प्रतिवेदनमाथि संसदमा फेरि छलफल हुनेछ । तीन दल कांग्रेस, एमाले र माओवादी केन्द्रका युवा नेताहरुले लोकमान विरुद्ध आक्रामक रुपमा प्रस्तुत हुने रणनीति बनाएका छन् । महाअभियोगको प्रस्तावबारे निर्णय गरिनसकेको कांग्रेसलाई पनि दबाब दिने तयारीमा युवा नेताहरु जुटेका छन् ।
संसद बैठक आज दिउँसो ३ बजेका लागि बोलाइएको छ ।