धादिङ कात्तिक ९-
चरपन्थीले पाकिस्तानको बलुचिस्तान प्रान्तको क्वेटा सहरमा प्रहरी तालिम केन्द्रमा आक्रमण गरेका छन् । अाक्रमणमा ४८ भन्दा धेरैको मृत्यु भएको छ । हमलामा सहभागि तीन आक्रमणकारीको पनि मृत्यु भएको छ ।
चरमपन्थी हमलाको जवाफि कारबाही चार घण्टासम्म चलेको प्रहरी अधिकारीले बताए ।गृहमन्त्री सरफराजले मृतकमध्ये दुर्इले अात्मघाती बम विस्फोट गराएका थिए भने अर्का एकलाई गोली लागेको थियो ।
बलुचिस्तानका गृहमन्त्री सरफराज बुगटीले जवानहरुको मृत्युको पुष्टि गरेका छन् । उनले मृतकको संख्या बढ्नसक्ने बताए । हमलामा एक सय ६ भन्दा बढी घाइते भएका बीबीसीले जनाएको छ ।
पाकिस्तान तथा अफगानिस्तानको सीमा क्षेत्रमा पाकिस्तानी सेना कबाइली इलाकामा चरमपन्थी विरुद्ध अभियान चलाइरहेको छ ।आइजी एफसी मेजर जनरल शेर अफगनका अनुसार हमलाबरको सम्बन्ध प्रतिवन्धित संगठन लश्कर ए झांगवीसँग रहेको छ । उनले हमलाबरले अफगानिस्तानबाट निर्देशन लिइरहेको बताए । घाइतेलाई सिभिल अस्पतालमा भर्ना गरिएको छ भने डाक्टरहरुको बिदा रद्ध गरिएको छ ।