धादिङ कात्तिक २-
अफगानिस्तानमा आइतबार एकजना पत्रकारको हत्या भएको छ। दक्षिणी अफगान प्रान्तमा ती पत्रकारको हत्या भएको प्रहरीले जानकारी दिएको छ।
दक्षिण अफगान प्रान्त जाबुलको क्वालात सहरमा ती पत्रकारलाई अज्ञात बन्दुकधारीले गोली हानी हत्या गरेका हुन्। हत्या भएका पत्रकार सरकारी रेडियो र टेलिभिजनका स्थानीय संवाददाताका रुपमा कार्यरत थिए।
अफगानिस्तानमा तालिवान हिंसा सुरु भएपछिको करिब डेढ दशकको समयमा कम्तीमा पनि ५० जना पत्रकार मारिएका छन्।
उक्त नगरमा पत्रकार याकुबले आफ्नो सवारी साधनलाई सडक किनारामा राखेर स्थानीय किराना पसलमा सामान किन्न जान लाग्दा उनीमाथि कैयाँैं राउन्ड गोली चलाइएको थियो
त्यस क्रममा उनीमाथि कैयौं पटक गोली हानिएको छ, उक्त प्रान्तका प्रहरी प्रमुख जनरल मिरवाइस नुरजायीले जानकारी दिएका छन्। उनको हत्यापछि आक्रमणकारी त्यहाँबाट भागेका थिए। त्यस हत्याको जिम्मेवारी अहिलेसम्म कसैले पनि लिएको छैन।
प्रहरीले अनुसन्धान थालेको जनाएको छ। तर यसअघि पनि अफगानिस्तानमा सरकारी पत्रकारको हत्यामा तालिवानको हात रहने गरेकोले यस पटक पनि उनको हत्यामा तालिवानको हात रहेको अनुमान गरिएको छ।
अफगानिस्तानमा यसवर्षको पहिलो छ महिनामा मात्र कम्तीमा पनि दशजना पत्रकारको हत्या भएको पत्रकारको हकहितमा कार्यरत एक स्थानीय अधिकारवादी संस्थाले जनाएको छ।