धादिङ कात्तिक २-
भारत उडिशाको राजधानी भुवनेश्वरको एक निजी अस्पतालमा आगलागी हुँदा कम्तिमा २३ जनाको मृत्यु भएकोे छ । धेरैजसो बिरामीको मृत्यु श्वास फेर्न नसकेका कारण भएको जनाइएको छ ।प्रधानमन्त्री नरेन्द्र मोदीले ट्वीट गर्दे घटनामा शोक व्यक्त गरेका छन् ।
क्यापिटल असपतालका अध्यक्षका अनुसार आगलागीपछि विरामीलाई अर्को अस्पताल लगिएको थियो । विरामीमध्ये १४ जनालाई सरकारी अस्पताल लगिदै गर्दा बाटोमा मृत्यु भएको थियो । घाइते ३२ विरामीलाई विभिन्न अस्पतालमा उपचारका लागि लगिएको छ ।
इन्स्टिच्युट अफ मेडिकल साइन्सेज एण्ड एसयूएम अस्पतालको डायलिसिस वार्डबाट आगलागी सुरु भएको जनाइएको छ ।
आगोले आइसीयू वार्डलाई प्रभावित पारेपछि विरामीहरलाई बाहिर निकालिएको थियो ।बिरामीका आफन्त घाइते बिरामीको खोजीमा अस्पताहरु चाहरिहरकेो बीबीसीले जनाएको छ ।
आगलागी नियन्त्रणमा लिन सातवटा दमकलको प्रयोग गरिएको थियो । उडिसाका मुख्यमन्त्री नवीन पटनायकले खुर्दा जिल्लाका कलेक्टरसँग घटनाबारे जानकारी लिएका छन् ।
मुख्यमन्त्री क्यापिटल अस्पतालमा भर्ती भएका बिरामीको अवस्था वुझ गएका थिए । र, उनले घटनाको जाँच गर्न आदेश दिए ।