जम्मु-काश्मिरको भारतीय सैनिक क्याम्पमा हमला

Avatar photo
Dhadingpost
बिहिबार, अशोज २०, २०७३
धादिङ असोज २० –
handwara_army

जम्मु-काश्मीर रहेको भारतीय सैनिक क्याम्पमा हमला भएको छ ।

हंदवाडामा ३० स्थित राष्ट्रिय राइफल क्याम्पमा हमला भएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

बिहिबार बिहान ६ बजे हंदवाडाको सैनिक क्याम्पको बाहिर गोलाबारी सुरु भएको जनाइएको छ ।
भारतीय सञ्चारमाध्यमहरुले जनाएअनुसार विहान ३० राष्ट्रिय राइफल क्याम्पको मेन गेटमा अन्धाधुन्ध फायरिङ भएको थियो । आक्रमण कसले गरेको भन्नेबारे स्पष्ट भएको छैन ।

भारतले पाकिस्तानसँगको सीमा क्षेत्रमा सर्जिकल स्ट्राइक गरेको दाबी गरेसँगै सैनिक क्याम्पमाथि हमला भएको हो ।