चीनले ब्रम्हपुत्रबाट बग्ने नदीको पानी भारत जान रोक्यो

Avatar photo
Dhadingpost
बिहिबार, अशोज २०, २०७३

धादिङ असोज २०-

bramaputra

चीनले बिजुली उत्पादन गर्न भन्दै तिब्बतस्थित ब्रम्हपुत्र नदीको सहायक नदीबाट भारततर्फ जाने पानीको निकासी बन्द गरेको छ ।

बिजुली, सिंचाई र बाढी नियन्त्रण गर्ने भन्दै चीनले नदी नै रोकेर नयाँ परियोजना थालेको हो । चीनको यो निर्णयबाट भारत र बंगलादेश चिन्तित बनेका छन् ।

ब्रम्हपुत्र नदीको पानी चीनबाट निस्केर भारतको अरुणाञ्चल प्रदेशबाट आसामहुँदै बंगलादेशसम्म पुग्ने गर्दछ ।

चीनको यो योजनाले भारत र बंगलादेशमा केही हदसम्म पानीको अभाव हुने देखिन्छ । सन् २०१४ मा सुरु गरिएको यस परियोजना सन् २०१९ सम्ममा सम्पन्न गर्ने लक्ष्य चीनको छ ।

भारत र पाकिस्तानबीच तनाब बढेकै बेला चीनले गरेको यस निर्णयले भारत चिन्तित बनेको छ ।

यसैबीच जम्मु कश्मिरको उरीमा आतंकवादी आक्रमणमा १९ भारतीय सैनिक मारिएका छन् । आक्रमण कस्ले गरेको भन्ने खुलेको छैन । (एजेन्सी)