कोलम्बियामा ५२ वर्षदेखि चलिरहेको गृहयुद्ध अन्त्य

Avatar photo
Dhadingpost
मङ्लबार, अशोज ११, २०७३

धादिङ असोज ११-

kolambiya

कोलम्बियामा ५२ वर्षदेखि चलिरहेको गृहयुद्ध अन्त्य भएको छ । कोलम्बिया सरकार र विद्रोही समूह फार्कबिच युद्ध अन्त्यका लागि ऐतिहासिक सहमति भएको हो ।

राष्ट्रपति जुवान म्यानुअल सान्तोष र फार्क विद्रोहीका नेता तिमोलियोन जिमेनेजले शान्ति सम्झौतामा हस्ताक्षर गरेका बिबिसीले जनाएको छ । सम्झौतामा हस्ताक्षर गर्ने कार्यक्रममा शान्ति झल्काउन सबैले सेतो पहिरन लगाएका थिए भने गोलीबाट बनेको कलमले सम्झौतामा हस्ताक्षर गरिएको थियो ।

कार्यक्रममा फार्क विद्रोहीका नेता तिमोलियोनले सन् १९६४ मा कम्युनिष्ट पार्टीको शसस्त्र समूहको रुपमा उदाएको समूहले अब हिंसा त्यागेर शान्तिपूर्ण राजनीतिमा लाग्ने प्रतिबद्धता जनाए ।

यो सम्झौता कानुन बन्नुअघि अर्को हप्ता जनमत संग्रहबाट पास हुनुपर्नेछ । शान्ति सम्झौतामाथि आगामी अक्टोबर २ तारिखमा जनमत संग्रह हुनेछ । आधा शताब्दीभन्दा बढी समय चलेको गृहयुद्धका कारण कोलम्बियामा दुई लाख ६० हजार मानिसको ज्यान गएको थियो । ६० लाख मानिस आन्तरिक रुपमा विस्थापित भएका छन् ।