श्रीमानबाट चरम याैन अानन्द पाउन के गर्ने ?

Avatar photo
Dhadingpost
सोमवार, अशोज १०, २०७३

sex

मैले अहिलेसम्म पत्रपत्रिकामा लेखिएजस्तो यौनमा चरम सुख पाउन सकेकी छैन । मलाई यौनसुख दिन नसकेकोमा श्रीमान् दुःखी हुुनुहुन्छ । सल्लाह पाऊँ ।

महिलामा हुनुपर्ने यौन चाहना तपाईंमा सामान्य नै देखिन्छ, तर संपर्क गर्दा चरमसुखमा मात्र समस्या देखिन्छ । थुप्रै महिलाले चरमसुख क्लिटोरिसलाई उत्तेजित गराउँदा मात्र पाउने गरेका छन् । प्रायः  महिला आफैँले क्लिटोरिसलाई उत्तेजित गराएर चरमसुख पाउन सक्छन् किनभने आफ्नो शरीरका बारेमा उनीहरूलाई मात्र थाहा हुन्छ ।

तर, तपाईंको सवालमा क्लिटोरिसलाई आफैँले उत्तेजित गर्दा पनि चरमसुख पाउन गाह्रो छ । तपाईंलाई सेक्सुअल अराउजल डिसअर्डर भएको हुनसक्छ । यो आफैँमा जटिल समस्या हो र यसका धेरै कारण छन् । त्यसकारण चिकित्सकसँग विस्तृत रूपमा छलफल गरेर समस्याबाट मुक्त हुनुहोस् । किनभने यस्तो अवस्था रहिरह्यो भने तपाईंको दाम्पत्य जीवन त्यति सुखद नहुने खतरा हुन्छ ।