अब नेपाल टेलिभिजनमा ‘के जमाना आ ?’

Avatar photo
Dhadingpost
शनिबार, अशोज ८, २०७३

धादिङ असोज ८

dhature

नेपाल टेलिभिनबाट प्रशारण भईरहेका सबै हाँस्य टेलिश्रृंखला बन्द भैरहेका बेला चर्चित हाँस्य टेलिश्रृंखला भद्रगोलमा धतुरेको भुमिकामा प्रखर अभिनय गरेको हाँस्य अभिनेता सी.पी पुडासैनीद्वारा लिखित तथा निर्देशित मनोरञ्जनात्मक हाँस्य टेलिश्रृंखला “के जमाना आ” असोजको तेस्रो सातादेखी हरेका शनिबार राति ९: ३० बजेबाट प्रशारण सुरु हुने भएको छ ।

यो टेलिश्रृंखला नेपाल टेलिभिजनका लागि स्वर्णिम क्रियशनले प्रस्तुत गर्दै छ । “पविर्तनका लागि हासो” मुल नारा बोकेर हाँस्य ब्यंग्यको माध्यमबाट राष्ट्रिय लोक सस्ंकृति र मौलिकताको रक्षार्थ ब्यंग्य प्रस्तुत गर्दै जनचेतना फैलाउने प्रमुख उद्देश्यले तयार पारी प्रस्तुत गर्न लागिएको नेपालकै पहिलो जनचेतनामुलक हाँस्य टेलिश्रृंखला हुने निर्देशक पुडासैनीको दावी छ ।

करिव दुई बर्ष अघि एक्कासी भद्रगोलबाट हराएका चर्चित हाँस्य कलाकार सी.पी.पुडासैनी (धतुरे) यस टेलिश्रृंखलामा भने फरक भुमिकामा देखिदै छन । बजारमा धतुरेकै भुमिकामा आउने चर्चा चलिरहदा सी.पी.पुडासैनी भने नयाँ भुमिकामा देखा पर्दैछन ।

नक्कली बाबुरामको भुमिकामा ख्याति कमाएका ज्योति काफ्ले पनि दर्शकहरुमाझ फरक भुमिकामा देखा पर्दैछन । यस्तै शिरोमणी दवाडी, राधा श्रेष्ठ, शशिबिक्रम थापा, गोबिन्द प्रसाद खतिवडा, दिप्त प्रकाश काश्यप लगाएतका पुराना तथा नयाँ कलाकारहरुको बेजोड हाँस्य प्रस्तुति रहेको छ ।