फिलिपिन्समा शक्तिशाली भूकम्प

Avatar photo
Dhadingpost
शनिबार, अशोज ८, २०७३

धादिङ असोज ८

bhukampa-final

फिलिपिन्सको उत्तरी क्षेत्रमा शनिबार शक्तिशाली भूकम्प गएको छ ।

स्थानीय समयअनुसार बिहान ०६.५३ बजे ६.३ म्याग्निच्यूडको भूकम्प गएको अमेरिकी भौगर्भिक सर्वेक्षण संस्था (युएसजीएस)ले पुष्टि गरेको छ ।

भूकम्पबाट बच्न त्यस क्षेत्रमा रहेका मानिसलाई घरबाहिर खुला ठाउँमा बस्न आह्वान गरिएको छ । अहिलेसम्म कुनै क्षति र घाइतेको विवरण आइसकेको छैन ।

यसैगरी, रुवान्डामा पनि ४.८ म्याग्निच्यूडको भूकम्प गएको सो भूगर्भ अनुसन्धान केन्द्रले जनाएको छ । रासस/सिन्ह्वा