धादिङको बेनिघाट र धार्केमा मुक्तिनाथको शाखा विस्तार

Avatar photo
Dhadingpost
शनिबार, अशोज ८, २०७३

धादिङ असोज ८

muktinath

मुक्तिनाथ विकास बैंक लिमिटेडले धादिङकोे बेनिघाट र धार्के बजारमा शाखा खोली कारोबार थालेको छ ।

दुवै शाखाको बैंकका अध्यक्ष मीनप्रसाद गुरुङले ५ र ६ गते उद्घाटन गरे । राष्ट्रियस्तरको विकास बैंक भइसके पछि शाखा विस्तारको क्रममा मुक्तिनाथका अब शाखा र सीमित बैंकिङ गरी ५० वटा सेवा कार्यालय पुगेका छन् ।नवलपरासीको रजहर र भुमही, ओखलढुंगाको सिद्घिचरण नगरपालिका र रामपुर, मकवानपुरको हेटौंडा, पर्साको वीरगञ्ज, काठमाडाै‌को कमलादी र कलंकीमा थप शाखा सञ्चालनमा ल्याउने भएको छ ।

समुद्घाटन कार्यक्रममा बैंकका अध्यक्ष गुरुङले हालको प्रतिस्पर्धी बैंकिङ क्षेत्रमा, दुरदराजमा वित्तीय सेवा अझै पुग्न नसकेको अवस्थामा, मुक्तिनाथ विकास बैंक जस्ता ग्रामीणमुखी विकास बैंकले नेतृत्वदायी भूमिका खेल्ने बताए । निजी क्षेत्र बैंकका प्रमुख कार्यकारी अधिकृत भरतराज ढकालले बैंकले प्रदान गर्दै आएका सेवा सुविधाहरु तथा भावी कार्यक्रमहरुको बारेमा जानकारी गराए ।