दुबईमा विना लाइसेन्सका संस्थाहरुले काम गर्न नपाउने

Avatar photo
Dhadingpost
शनिबार, अशोज ८, २०७३

दुवई/युएईमा कार्यरत सामाजिक संस्थाहरु सरकारको आधिकारिक निकायमा दर्ता गरि लाइसेन्स लिएर मात्र संचालन गर्न पाउने भएको छ ।
सरकारबाट अनुमति नलिई तथा विना कुनै जानकारी कार्यक्रमहरु गरेको फेला परेमा कडा जरिवाना हुने युएईका सामाजिक विकास प्राधिकरण(सिडीए) का एक उच्च अधिकारीले चेतावनी दिएको युएईको चर्चित पत्रिका गल्फ न्युजले लेखेको छ ।
गल्फन्यूजका अनुसार सिडिएले नै युएईमा हुने सम्पूर्णसामाजिक संघसंस्थाहरु तथा त्यसले आयोजना गर्ने साँस्कृतिक, सामाजिक कार्यको अनुगमन गर्ने छ । सन् २०१४ देखि यो नियम लागु भएपनि पछिल्लो समय अझ कडाई गर्ने संकेत समाचारले गरेको छ ।
युएईमा कार्यरत सामाजिक संस्थाहरुले के गर्दैछन् ? उनीहरुले कस्तो सेवा दिएका छन् ? भन्ने बारेमा थाहा पाउनको लागि पनि सरकारी निकायबाट अनिवार्य रुपमा लाइसेन्स लिनु पर्ने देखिन्छ । त्यसरी दर्ता हुने सामाजिक संस्थाले बैंक खाता खोल्न, कार्यालय र कामदार राख्न पाउनेछन ।
सिडीएका महानिर्देशक संस्थाहरुले गर्ने कुनै पनि काम सामाजिक सञ्जाल मार्फत ट्रयाक हुने भएकोले कसैले पनि लुकीछिपी गर्न नसक्ने जनाएका छन । यदि लाईसेन्स नलिई त्यस्ता गतिविधि गरेमा २ हजार देखि १० हजार दिरम जरिवाना तिर्नुपर्ने छ । तर महँगो शुल्क र झन्झटिलो प्रकृयाका कारण धेरै संस्थाले लाइसेन्स लिन सकेका छैनन् । हरेक देशका लागि ५ वटा संस्थाले मात्र त्यस्तो लाइसेन्स लिन पाउँछन् ।