घाइतेको उपचार खर्चका लागि डेढ करोड निकासा

Avatar photo
Dhadingpost
बिहिबार, अशोज ६, २०७३

धादिङ असोज ६

mantri-parishad-karyalaya

मन्त्रिपरिषदको बिहीबारको बैठकले  मधेस आन्दोलनका घाइतेको उपचार खर्चका लागि झण्डै डेढ करोड रुपैयाँ निकासा गर्ने निर्णय गरेको छ । सरकारले घाइतेहरुको उपचार खर्च व्यहोर्ने निर्णय गरेको हो ।मन्त्रिपरिषद बैठकले अल्ट्रा म्याराथन धाविका मिरा राईलाई ५ लाख उपचार खर्च दिने निर्णय पनि गरेको छ ।

‘मधेस आन्दोलनका क्रममा घाइते भएकाहरुको उपचार खर्च सरकारले व्यहोर्ने भएको छ । यो १ करोड ४० लाख जस्तो छ,’ सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री सुरेन्द्र ९राम० कार्कीले भने ।

मधेसी मोर्चाले केही समय अघि मात्र घाइतेहरुको उपचार खर्चको विल गृह मन्त्रालयमा पेश गरेको थियो ।