प्रेस सेन्टर प्रदेश ३ मा धादिङबाट २ जना निर्वाचित

Avatar photo
Dhadingpost
बिहिबार, अशोज ६, २०७३

धादिङबेसी असोज ६ । प्रेस सेन्टर ३ नम्बर प्रदेशको कार्यसमितिमा धादिङ जिल्लाबाट २ जना निर्वाचित भएका छन् । बुधबार सम्पन्न प्रदेश सम्मेलनबाट धादिङका रमेश आचार्य सहसचिव र सदस्यमा गिता अधिकारी निर्विरोध निर्वाचित हुनुभएको हो ।

लामो समय देखि पत्रकारीता गर्दै आउनु भएका आचार्य अहिले एविसि टिभिमा कार्यरत हुनु हुन्छ भने गिता अधिकारी रेडियो बिहानीमा कार्यरत हुनु हुन्छ ।

सम्मेलनले मकवानपुरका सुनिल खड्काको अध्यक्षतामा १ सदस्य पछि थप्ने गरि २७ सदस्यीय ३ नम्बर प्रदेश समिति निर्वािचत गरेको थियो। सम्मेलन नेपाल सरकारका माननीय सुचना तथा सन्चार मन्त्रि राम कार्कीले उद्घाटन गर्नु भएको थियो । उद्घाटन सत्रमा बोल्दै मन्त्रि कार्किले पत्रकारका हरेक समचारहरु वस्तु निष्ठक र यथार्तता परक हुनु पर्ने बताउनु भएको थियो । उहाँले समाज रुपान्तरणको एउटा हिस्सेदार सन्चार क्षेत्रको विकास र रक्षा आफ्नो पहिलो काम हुने बताउनु भयको थियो ।

सरकारका प्रवक्ता समेत रहेका मन्त्री कार्कीले जनतालाई सुसूचित गर्ने जनता सवालमा खोजमूलक पत्रकारिता गर्नेभन्दा पनि अनावश्यकरूपमा मान्छेको चरित्र हत्या गर्ने गरी हुँदै नभएका झुटा समाचार समेत सम्प्रेण गर्ने गरिएको टिप्पणी गरे । कतिपय व्यक्तिले पत्रकारको नामका मान्छेसँग धम्काएर पैसा माग्ने नदिएको खण्डमा उसको बारेमा चरित्र हत्या गर्ने गरी झुटा समाचार लेखिएको कारण पनि पत्रकारितामा सिर्जनशीलता मर्दै गएको तर्फ प्रेस सेन्टरले ख्याल गर्नु पर्ने बताउनु भएको थियो ।

सम्मेलनका दृष्य