धादिङ भदौ २७
भारत प्रशासित कस्मिरमा भएको पछिल्लो भिडन्तमा सात चरमपन्थीसहित आठ जनाको मृत्यु भएको छ ।सेनाको ब्यारेक नजिक पुन्छ जिल्ला प्रशासन कार्यालयको हातभित्र चरमपन्थी प्रवेश गरेपछि भएको गोलाबारीमा चार जनाको मृत्यु भएको छ ।
मारिने चरमपन्थीको पहिचान खुल्न सकेको छैन । चरमपन्थीसँगको भिडन्तमा एक प्रहरीको समेत मृत्यु भएको छ भने एक घाइते भएका छन् । जिल्ला प्रशासन कार्यालयको हातामा चरमपन्थी प्रवेश गरेपछि सेनाले गोली चलाएको थियो ।
कस्मिरमा पछिल्ला ६५ दिनमा अहिलेसम्म ७८ जनाको मृत्यु भइसकेको छ । घटनामा १० हजार घाइते भएका छन् । प्रहरीले साढे ५ हजार सुरक्षाकर्मी पनि प्रदर्शनका क्रममा घाइते भएको जनाएको छ ।
यसैगरी कुपवाडा जिल्लाको नौगाम सेक्टरमा घुसपैठ गर्न खोज्ने तीन चरमपन्थीको मृत्यु भएको छ ।निषेधित क्षेत्रमा प्रवेश गर्न खोज्ने चरमपन्थीको प्रयासलाई असफल पारिदिएको भारतीय सेनाले जनाएको छ ।
हिज्बुला मुजाहिदिनका कमाण्डर बुरहान बानी मारिएपछि चर्केको हिंसाले उग्र रुप लिएपछि कश्मिर तनावग्रस्त बनेको छ । तनावकै कारण विगत दुई महिनादेखि कफ्र्यु जारी रहँदै आएको छ ।(एजेन्सी)