तान्जानियामा शक्तिशाली भूकम्प ११ जनाको मृत्यु

Avatar photo
Dhadingpost
आइतवार, भदौ २६, २०७३

धादिङ भदौ २६

tanzania___women

तान्जानियाको उत्तर पश्चिम क्षेत्रमा आएको ५.७ रेक्टर स्केलको भूकम्पका कारण ११ जनाको मृत्यु भएको छ ।अमेरिकी भौगर्भिक सर्भेले भूकम्प ५.७ रेक्टरको रहेको र जमिनको सतहभन्दा १० किलोमिटर तलरहेको जनाएको छ ।

सामाजिक सञ्जालहरुमा आएका तस्वीर अनुसार ६० हजार जनसंख्या रहकेो बुकोबा शहरमा धेरै नोक्सान पुगेको छ ।भूकम्प यूगान्डा तथा रवाडाको सीमा क्षेत्र नजिकको लेक विक्टोरियामा गएको थियो ।  भूकम्पका कारण तान्जानियामा करिब दुई सयभन्दा धेरै मानिस घाइते भएका छन् ।

 

तान्जानिया भूकम्पको झट्का छिमेकी देश केनिया, यूगाण्डा, रवांडा तथा बुरुन्डीमा समेत महसूस गरिएको थियो ।