काभ्रेका मिजारको हत्या नै भएको हो कार्वाही गर -भण्डारी

Avatar photo
Dhadingpost
शुक्रबार, भदौ २४, २०७३

धादिङबेसी भाद्र २४ । धादिङ फुर्के खोलाको पुल छेउमा भएको काभ्रेका ‘अजित मिजारको हत्या प्रकरणबारे छानबीन गर्न बिहिबार व्यवस्थापिका सांसद सामाजिक न्याय तथा मानव अधिकार समितिको टोलीले धादिङका सरोकारवालाहरुसंग भेट गरेको छ ।

गत असार ३० गते धादिङको फुर्केखोलामा शंकास्पद रुपमा झुण्डिएको अवस्थामा मिजारको शव फेला परेकाो सव प्रहरीले प्रक्रियानै पुरा नगरी त्रिशुली किनारमा गाडेको आरोप सहित अधिकारकर्मीहरुले सरकारको ध्यानाकर्षण गराएपछि घानविन समिति बनार्ईएको थियो ।

सांसद कमला दोङको संयोजकत्वमा बनेको छानविन समितिको टोलीले धादिङका प्रमुख जिल्ला अधिकारी, जिल्ला प्रहरी प्रमुख, स्वास्थ्य कार्यालयका प्रमुख जिल्ला स्थित राजनैतिक दल त्यसका दलित नेताहरु संचारकर्मीहरु सँग छलफल गरेको थियो ।

छलफलका क्रममा माओवादी केन्द्र धादिङका रामबहादुर भण्डारीले धादिङ कै बदनाम हुने गरि घटना भएको र त्यसको ढाकछोप गर्न प्रशासन लाग्न नहुने बताउनु भएको थियो । शङ्कास्पद शव फेला परेपछि प्रक्रिया नै पुरा नगरी त्रिशुली किनारमा गाड्नु प्रहरीको गम्भीर गल्ती भएको भन्दै तत्काल हत्यारा पत्ता लगाउन प्रहरीले आनाकानी गर्न नहुने समेत बताउनु  भएको थियो ।

छानवीन समिति सँग अजितका आफन्त र अधिकारकर्मीहरुले अजितको हत्या नै भएको ठोकुवागरी दोषी उपर कार्वाही गर्नु पर्ने माग गरेका छन् ।

यस अघिका समचारहरु पनि पढौ ।
अपहरण गरि हत्या गरेको आरोपमा ३ जना पक्राउ
प्रहरीले गाडेको लास आफन्तले निकाले
काभ्रेका मिजार हत्या प्रकरणमा धादिङका सिडियोको भुमिका शंकास्पद