काठमाण्डौ भाद्र २४ । नेपाली कांग्रेस निकट दुई पर्यटन व्यावसायी संघ एकीकरण भएको छ । लामो समय देखि विभाजित नेपाली काँग्रेस निकट पर्यटन व्यवसायहिरुको दुई निट नेपाल र नेपाल लोकतान्त्रिक पर्यटन व्यावसायी संघ बीच विहिबार एकीकरण भएको हो ।
ठमेलको गोकर्णहाउसमा भएको एकीकरण सभामा दुवै पक्षको नामलाई ग्रहण गर्दै नेपाल पर्यटन व्यावसायी संघ (निट) नामक संघ राखिएको छ ।
दुई संस्था एकीकरण पश्चात दिपक महतको नेतृत्वमा लोकतान्त्रिकका अध्यक्ष रामशरण थपलिया अध्यक्ष रहने गरी २१ सदस्यीय केन्द्रीय पदाधिकारी र ३० सदस्यीय केन्द्रीय सदस्य सहित ५१ सदस्यीय केन्द्रिय परिषद सदस्यको घोषणा गरिएको छ ।
घोषणापश्चात सहअध्यक्ष बनेका थपलियाले विगतका कमि कमजोरीहरुलाई औल्याउँदै संस्थालाई बलियो र मजबुत बनाउँदै जानको लागि आफु हरसमय प्रयत्नशिल रहने बताउनुभयो । उहाँले फुट र गुटगत राजनीतिले पार्टीलाई ठुलो क्षति पुर्याएको भन्दै अब एकताबद्ध भएर लागिपर्ने बताउनुभयो ।
उहाँले अव पर्यटनमा कांग्रेस निकट संस्था नेपाल पर्यटन व्यावसायी संघ (निट) मात्र रहेकाले सवै प्रजातान्त्रिक विचारधाराका व्यावसायीहरुलाई संघमा आवद्ध हुन आग्रह समेत गर्नुभयो ।
त्यसैगरी एकिकरणपश्चात नेपाल पर्यटन व्यावसायी संघ (निट)को अध्यक्ष बनेका दिपक महतले संघलाई आगामि दिनमा शक्तिशाली र प्रभावशाली बनाउन यो एकता ऐतिहासिक भएको बताउँदै फुटले होईन, जुटले नै जितिन्छ भन्ने सन्देश प्रवाह गर्न आफुहरु सफल भएको बताउनु भएको थियो ।