धादिङ भदाौ २३
सरकारले भूकम्प पीडितलाई ८ लाख रुपैयाँसम्म सहयोग गर्ने जनाएको छ । प्रधानमन्त्री पुष्पकमल दाहालले बिहीबार संसदमार्फत राष्ट्रको नाममा सम्बोधन गर्दै सरकारले भूकम्प पीडितलाई ८ लाख रुपैयाँसम्म सहयोग गर्ने बताएका हुन् ।
उनले संसदमार्फत सम्बोधन गर्दै तीन लाख रुपैयाँ अनुदान दिइने बताए । अर्को तीन लाख रुपैयाँ सामूहिक जमानीमा निर्व्याजी दिइने र बाँकी २ लाख रुपैयाँ सहुलियतपूर्ण व्याजमा ऋण उपलब्ध गराउने प्रधानमन्त्री दाहालले बताए । उनले भने, ‘भूकम्प पीडितले अनुदान सहित निर्व्याजी र सहुलियतपूर्ण व्याज गरी ८ लाख रुपैयाँसम्म सरकारले उपलब्ध गराउने छ । यसबाट भूकम्प पीडितलाई राहत मिल्ने छ ।’
उनले अघिल्लो सरकारले घोषण गरेको २ लाख रुपैयाँले ३र बनाउन नपुग्ने बताउँदै सरकारले ८ लाख रुपैयाँ सम्म सहयोग गर्न लागेको बताए ।