प्रधानमन्त्रीले आज देशबासीको नाममा सम्बोधन गर्ने

Avatar photo
Dhadingpost
बिहिबार, भदौ २३, २०७३

धादिङ भदौ २३ –
prachanda
प्रधानमन्त्री पुष्पकमल दाहालले बिहीबार देशबासीको नाममा सम्बोधन गर्ने हुनुभएको छ ।सम्बोधनअघि उहाँले बिहान सभामुख ओनसरी घर्तीसँग भेट गर्नुभएको छ । बिहान ११ बजे बस्ने संसद बैठकमा उहाँले सम्बोधन गर्ने प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ ।
प्रधानमन्त्रीले आफ्नो सम्बोधनमा सरकारको काम, आसन्न भारत भ्रमण, संविधान संशोधन, स्थानीय निकायको चुनाव लगायतका विषयमा जानकारी गराउने तयारी गर्नुभएको छ ।