मुग्लिन–नारायणगढ सडकखण्ड अवरुद्ध

Avatar photo
Dhadingpost
बुधबार, भदौ २२, २०७३

धादिङ भदौ २२

मुग्लिन–नारायणगढ सडकखण्ड फेरि अवरुद्ध भएको छ । कालिखोलामा पहिरो खसेपछि राति दुई बजेदेखि सडक अवरुद्ध भएको ट्राफिक प्रहरीले जनाएको छ ।
सडक दुईतर्फी नै बन्द हुँदा त्यहाँ अहिले गाडीको लामो लाइन छ । सडक खुलाउने प्रयास भइरहेको ट्राफिक प्रहरीले जनाएको छ । यो खण्डमा सानो पानी पर्दा पनि पहिरो खसेर बाटो अवरुद्ध हुने गरेको छ ।