आज ऋषिपञ्चमी पर्व मनाईंदै, आजबाट तीज सकियो

Avatar photo
Dhadingpost
मङ्लबार, भदौ २१, २०७३

धादिङ भदौ २१

Women lash themselves with leaves of the Aghada plant along the banks of the Bagmati River, during the Rishi Panchami festival, in Kathmandu September 12, 2010. Rishi Panchami is observed on the last day of Teej when women worship Sapta Rishi (Seven Saints) to ask for forgiveness for sins committed during their menstruation periods throughout the year. The Hindu religion considers menstruation as a representation of impurity and women are prohibited from taking part in religious practices during their monthly cycles.    REUTERS/Shruti Shrestha (NEPAL - Tags: SOCIETY RELIGION)

– भाद्र शुक्ल पञ्चमीका दिनमा मनाइने ऋषिपञ्चमी पर्व आज सप्तर्षिको पूजा गरी वैदिक हिन्दू धर्मावलम्बी महिलाले मनाउँदैछन् । बिहानै उठेर महिलाहरु नजिकको नदी, खोला, ताल, तलैया र पोखरीमा गई ३ सय ६५ दतिवनले दाँत माझ्ने, गाईको गोबर, माटो र खरानी लगाई स्नान गर्छन् ।

सुयोग्य र गुणसम्पन्न सन्तान प्राप्तिका लागि पनि ऋषिपञ्चमीको व्रत एवम् पूजा आवश्यक भएको धर्मशास्त्रविद्को भनाइ छ । काठमाडौंको टेकुमा रहेको ऋषेश्वर मन्दिरसहितका अरु मन्दिरमा महिलाको भीड लाग्ने गर्छ ।

रजस्वलाको समयमा छाइछुइ लगायत कुनै त्रुटी भएको भए ऋषिपञ्चमीको दिन अरुन्धतीसहित सप्तर्षिको पूजा गर्नाले त्यसबाट मुक्ति पाइने धार्मिक विश्वास छ । आजको दिन दतिवन, गाईको गोबर, माटो र खरानी प्रयोग गरी स्नान गरेर पञ्चगव्य सेवन गर्नाले दोष निवारण हुन्छ भन्ने शास्त्रीय वचन रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा. डा. रामचन्द्र गौतमले बताउनुभयो ।

यसरी स्नान गरेपछि दियो, कलश, गणेश स्थापना गरी अरुन्धतीसहित अत्रि, गौतम, भारद्वाज, जमदग्नि, वशिष्ठ, कश्यप र विश्वामित्रको पूजा गर्ने गरिन्छ जसलाई ऋषि पञ्चमीको पूजा लगाउने भनिन्छ । सप्तर्षिको पूजा गर्ने पञ्चमी भएकैले आजको दिनलाई ‘ऋषिपञ्चमी’ भन्ने गरिएको हो ।

ऋषिपञ्चमीका दिन अरुन्धतीसहित सप्तर्षिको पूजा लगाएपछि तीज समाप्त हुन्छ । भाद्र शुक्ल तृतीयाका दिन शिव र पार्वती, चौथीका दिन गणेशको पूजा तथा तेस्रो दिन विद्या र वेद मन्त्रका द्रष्टा ऋषिको पूजा गरेपछि महिलाको प्रमुख चाड तीज समाप्त हुन्छ ।