भान्जीलाई बलात्कार गरेको आरोपमा मामा पक्राउ

Avatar photo
Dhadingpost
आइतवार, भदौ १९, २०७३

धादिङ भदौ १९

1472983335pakrau final

गोरखामा आफ्नै भान्जीलाई बलात्कार गरेको आरोपमा प्रहरीले एक किशोरलाई पक्राउ गरेको छ ।

शनिबार सो घटना भएको अनुसन्धानबाट खुलेको प्रहरी नायब उपरीक्षक वीरेन्द्र थापाले जानकारी दिए ।

बालिकाकी हजुरआमाको जाहेरीका आधारमा अभियुक्तलाई पक्राउ गरी प्रहरीले दुवै पक्षको नाम गोप्य राखेर अनुसन्धान गरिरहेको छ । बालिकालाई भने थप उपचारका लागि काठमाडौँस्थित एक अस्पताल लगिएको प्रहरीले जनाएको छ । (रासस)