मंगलबार उच्च मावि बन्द हुने

Avatar photo
Dhadingpost
भदौ १९, २०७३

धादिङ भदौ १९

hsb
उच्च माध्यामिक विद्यालय संघ हिसानका पूर्व सचिव बुद्धि प्रसाद पुडासैनीको निधन भएको छ । विगत लामो समय देखि पिसाब नलिमा समस्या भोग्दै आएको पुडासैनीको आज निधन भएको हो ।गत पुसमा भारतमा उपचार गराएर फर्केका पुडासैनीको दुई महिना अघि बल्झेर फेरी भारतमै उपचार भएको थियो ।उपचार पछि गत बुधवार नेपाल फर्किएका थिए ।

buddhi
यसैबिच उच्च माध्यामिक शिक्षा परिषदले आगामी भदौ २१ गते मंगलबार उच्च माध्यामिक विद्यालय बन्दको निर्णय गरेको छ ।
आकस्मिक रुपमा बसेको हिसानको बैठकले शोक प्रस्ताव पारित गर्दै बिदाको निर्णय गरेको हो ।
मृतक पुडासैनीको तीन छोरी र एक श्रीमति रहेका छन ।