धादिङ भदौ १९
स्याङ्जाको क्वरेभन्ज्याङ्ग ७ उपल्लो ताप्केमा शनिबार राति २ बजे पहिरो जाँदा चार जनाको पुरिएर मृत्यु भएको छ ।
घर माथिबाट नै अचानक ठूलो पहिरो खस्दा सोही ठाँउकी ७८ वर्षीया चन्द्रकला सारु मगरको मृत्यु भएको हो भने उनको घरमा तीज मनाउन आएका मल्याङ्गकोट ८ दार्सिङकी ३२ वर्षीया हुमकुमारी मस्याङदी, हुमकुमारीको छोरी ७ वर्षीया पुनम र ६ वर्षीय छोरा सुजनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी देवबहादुर बोगटीले बताए ।
बोगटीका अनुसार घटनास्थलमा प्रहरी र गाँउलेहरुले उद्दार गरिरहेका छन् । बृद्ध सारुको पहिरोबाट उद्दार गरिएको छ भने अन्यको उद्दार कार्य बाँकी नै रहेको उनले बताए ।