दुबईमा एकै दिन आधा दर्जन बढी तीज विशेष कार्यक्रम

Avatar photo
Dhadingpost
आइतवार, भदौ १९, २०७३

हरि नेपाली/दुबई – हिन्दु नारीहरुको महान् पर्व तीजको अवसरमा २ सेप्टेम्बर २०१६ शुक्रबारका दिन युएईमा कार्यरत आधा दर्जन भन्दा बढी संघसंस्थाहरुले तीज विशेष कार्यक्रम सम्पन्न गरेका छन् ।
स्याङजा सहयोग समाज युएईको आयोजनामा नेपालबाट आमन्त्रित कलाकारहरु पशुपति शर्मा तथा दुर्गा गुरुङको साथमा स्थानीय कलाकारहरुको सांगितिक प्रस्तुतिका साथमा दुबईको हवार्ड जोन्सन होटलमा तीज मेला–२०७३ सम्पन्न गरेको छ ।
झापाली समाज युएईको नयाँ सोच असहाय बालबालिकहरका लागि १० लाख अक्षय कोष भन्ने नाराका साथ टंक बुढाथोकी, प्रकाश पौडेल लगायतका कलाकारहरुको साथमा झापाली समाज युएईले देरा दुबईको काल्र्टन टावर होटलमा विभिन्न सांस्कृतिक कार्यक्रमको साथमा तीज विशेष कार्यक्रमको आयोजना गरेको थियो भने झापाली समाजकै अर्को समानान्तर संस्थाले जाबेल पार्कमा कार्यक्रम गरेको थियो ।
IMG_4572
युएई नेपाली एकता समाज अन्र्तगत रक्तिम साँस्कृतिक अभियान युएईले चर्चित जनवादी गायक जीवन शर्मा, डम्बर भण्डारी, नारायण शर्मा, सिता श्रीष लगायतका टीमको प्रस्तुतिमा प्रगतिशील रक्तिम साँझ २०१६ को साथमा तीज विशेष कार्यक्रम सम्पन्न गरेका छन् ।
raktim11
तीज विशेष कार्यक्रम अन्र्तगत अन्र्तराष्ट्रिय कलाकार समाज रसअल खैमहा र गैरआवासीय नेपाली संघ रासअल खैमहा क्षेत्रिय समितिको संयुक्त आयोजनामा मिनिष्ट्री अफ कल्चर रास अल खेमहाको थियटर हलमा ज्योति मगर, नविन पौडेल लगायत राष्ट्रिय कलाकारहरुको साथमा अन्र्तराष्ट्रिय कलाकार समाज युएईले नेपाली तीज महोत्सव तथा सम्मान समारोह २०७३ कार्यक्रमा विभिन्न साँगितिक कार्यक्रमहरुका साथै विभिन्न व्यक्तित्वहरुलाई सम्मान सहित तीज विशेष कार्यक्रम सम्पन्न गरेको थियो ।
14199733_10208223310714136_3607229397725575460_n
नेपाली समुदाय युएईको महिला विभागको आयोजनामा शारजहाको रोला स्थित स्विस वेल होटलमा सामुहिक दर खुवाउने तथा विविध साँस्कृतिक कार्यक्र २०७३ को आयोजना गरिएको थियो । उक्त कार्यक्रममा खर्च भएर बचेको रकम ठाडा–९ अर्घाखाचीकी मृगौला रोगी पार्वती खत्रीको लागि सहयोग गर्ने आयोजकले जनाएका छन् ।
त्यसैगरी धादिङ समाज युएईले अजमान स्थित काठमाडौ दरबार रेष्टुरेन्टमा तीजको अवसरमा जिल्लावासीहरुलाई दर खुवाउने कार्यक्रमका साथै अजमान क्षेत्रिय समितिको समेत पुर्नगठन गरेर आफ्नो संस्कृतिको संरक्षण र प्रवद्र्धन गर्ने हेतुले प्रवासमा समेत तीज मनाएका छन् ।
साँस्कृतिका कार्यक्रमको साथमा तामझाम र भीडभाडमा कार्यक्रम गर्ने संस्थाहरुको अलावा पनि अन्य विभिन्न संघ संस्थाहरुले पनि विभिन्न होटल तथा पार्कहरुमा तीज विशेष तथा दर खुवाउने कार्यक्रमको आयोजना गरेका थिए ।