ग्रामिण र धादिङ यातायात मिले, बषौं देखिको लडाई अन्त्य

Avatar photo
Dhadingpost
शनिबार, भदौ १८, २०७३

graminधादिङबेसी भाद्र १८ । धादिङ जिल्लामा केहि वर्ष देखि लडाई गर्दै आई रहेका दुई वस व्यवसायीहरुको समिति मिलेका छन् ।
स्थापनाको लागि लडाई लड्दा दुई जनाको ज्यान गएको ग्रामिण यातायात र आफ्नो एकाधिकारको लागि अन्तिम लडाई लड्दै आएको धादिङ यातायात व्यावसायीहरु आलो पालो बस संचालन गर्ने गरि अहिले मिलेका हुन् ।

यतिबेला ग्रामिण यातायात सहकारी संस्थाबाट संचालित बस काउण्टहरुमा धादिङ यातायातको समेत टिकट काट्न पाईन्छ । अहिले यी दुई समितिले १०-१० मिनेटमा पालो मिलाएर धादिङ काठमाडौ र सोहि नियममा काठमाडौ-धादिङ बस संचालन गर्न थालेका छन् ।

कतिले यी दुई समितिहरु मिलेकोमा स्वागत गरेका छन् ,भने कतिले यो सहमति धेरै दिन नटिक्ने बताएका छन् । हिजो एक समिति हुँदा मनलाग्दी भाडा लिएको र अहिले १ भन्दा बढी  समिति हुँदा भाडा सन्तुलन भएकोले यात्रुहरुलाई सहज भएको थियो । अब फेरि भाडामा मन लाग्दी हुने भो यात्रुहरु चिन्ता व्यक्त गर्दछन् ।

अर्का थरी मान्छेहरु हिजो २ जनाको ज्यान जाने गरि संघर्षको मैदानबाट स्थापना भएको ग्रामिण यातायात नाफामा गएको धादिङ जिल्लाको १ नम्बरको बस समिति भएर पनि किन धादिङ यातायात सँग मिल्न पुग्यो अचम्मित भएका छन् । ग्रामिण यातायातका अधिकाँश कार्य समिति सदस्य, सेयर सदस्यहरु ग्रामिण यातायात जनताको मनमा बसि सकेको र स्थापित बनी सकेको संस्था भएकोले स्वतन्त्र ढंगले यातायात संचालन गर्नु पर्ने भन्दै यो एकताको विपक्षमा देखिएका छन् ।

दुई यातायात समिति मिलनको कारण

यी दुई समितिहरुमा मिल्नुको पछाडी ग्रामिण यातायात सहकारीका अध्यक्ष चक्रबहादुर भण्डारीलाई लिन सकिन्छ । भण्डारी ग्रामिण यातायात सहकारीका अध्यक्ष हुन् भने उता धादिङ यातायातका सल्लाहाकार हुन् ।

उनीले यी दुबै संस्था आफ्नो भएको र यी दुई विचको विगत देखिको अस्वस्थ्य किसिमको लडाई अत्य गर्न चाहान्थे । फलस्वरुप उनले मौका मिलाउन सकि रहेका थिएनन् अहिले धादिङ यातायातमा पनि नयाँ कार्य समिति आए पछि उनलाई वातावरण अनुकुल भयो र यो सहमति भएको हो ।