नयाँ शक्ति कार्यकर्ताले भारतबाट उद्दार गरे बन्दी नेपाली चेली

Avatar photo
Dhadingpost
शनिबार, भदौ १८, २०७३

नयाँ दिल्ली, भाद्र १८ । नयाँ शक्ति कार्यकर्ताले भारतको एक घरमा बन्दी बनाईएकी एक नेपाली चेली उद्दार गरेका छन् ।

दांगबाट काकडभित्ता हुदै बागडोगरा विमानस्थलबाट दिल्ली आइपुगेकी पूर्ण कुमारी बुडाले दिल्ली अन्र्तराष्ट्रिय विमानस्थलको टर्मिनल तिनमा आउदा वित्तिकै दलालले एमआपी खोसी एउटा घरमा लगेर बन्दी बनाई राखेको अवस्थामा नयाँ शक्ति कार्यकर्ताहरुले उद्दार गरेका हुन् ।

१० दिनसम्म एउटै घरमा बन्दी बनेका उनीहरुलाइ दलालले अर्कै होटलमा सार्ने या श्रीलंका पठाउने जस्तो कुरा गरेपछी एकजना समृता नाम गरेकी महिला त्यहाँबाट बाहिर भाग्न सफल भएकी थिन् उनै मार्फत नयाँ शक्तिका कार्यकर्ताले बुढा थरकी थि महिलालाई नेपाली रातद्ताबास मार्फत उद्दारको तयारी गरेका हुन् ।

उनी सँगै दूतावासका काउन्सेलर यादव राज खनालको सक्रियतामा नजिकै रहेको कमला मार्केटको क्राइम ब्रान्चका डिसिपीको सहयोगमा महिपालपुरको घरमा छापा मार्दा २१ जना महिलाहरुको उद्धार हुने भएको हो ।

उद्धार गर्न लागीएका चेलिहरु यतिबेला रोहिणीमा छन । उनीहरुको मेडिकल जाँचको काम भैसकेपनी रिपोर्ट आउन बाँकी छ । मेडिकल चेकअपको काम सकिएपछी उनीहरु दिल्लीको पटियाला कोर्टमा पेश हुनेछन । कोर्टको कार्बाहीपछी उनीहरुलाइ नारी निकेतनमा राखिनेछ ।
दलालहरु घटनापछी फरार छन ।

यसरी विदेश जान आएका अधिकांश महिलाहरु श्रीमानसँग सम्बन्ध विच्छेद गरेका, सन्तानहरुलाइ माइतीकोमा छोडेका रहेछन भन्ने बुझिएको छ । दिल्लीबाट धादिङ त्रीपुरेश्वर निवासी अर्जुन धरेलले धादिङपोष्टलाई बताउनु भयो ।