धादिङ भदौ १७
धादिङको गजुरी गाविस–५ मा गएराति खसेको पहिरोले घर पुरिंएर एक बालकको मृत्यु भएको छ।
मृत्यु हुनेमा गजुरी गाविस वडा नं. ५ साने भञ्ज्याङका ६ वर्षका रामकुमार चेपाङको ज्यान गएको ईलाका प्रहरी कार्यालय गजुरीले जानकारी दिएको छ ।
घरले च्यापिएर उनका भिनाजु सन्तोष कार्की घाइते भएका छन् भने घर पुरिएर एउटा बाख्रा पनि मरेका छन ।
चेपाङ परिवार गत वर्षको वैशाख १२ गते गएको विनाशकारी भूकम्पले चर्काएको घरमा बस्दै आइरहेका थिए ।