न्यूजिल्याण्डमा ७ं.१ रेक्टर स्केलको शक्तिशाली भूकम्प

Avatar photo
Dhadingpost
शुक्रबार, भदौ १७, २०७३

धादिङ भदौ १७

newzeland_earthqueak

न्यूजिल्याण्डमा शक्तिशाली भूकम्प गएको छ ।शुक्रबार बिहान गिस्वार्नबाट उत्तर पूर्व १६९ किलोमिटर पर केन्द्रबिन्दू रहेको ७ं.१ रेक्टर स्केलको भूकम्प मापन गरिएको हो । नागरिक सुरक्षा अधिकारीहरुले तोलोगा बे क्षेत्रबाट मानिसलाई सुरक्षित स्थानमा जानको लागि आग्रह गरेका छन् ।

भूकम्पपछि सुनामीको खतरा रहेको रेडियो न्यूजिल्याण्डले  जनाएको छ । तर सुनामी चेतावनी केन्द्रले भने समुन्द्रमा २१ सेन्टिमिटर उचाईमा मात्रै छाल आएको पाइएकोले खतरा नरहेको जनाएको छ ।

भूकम्पपछिको क्षतिको विवरण आएको छैन ।

सन् २०११ मा दक्षिणी तटको क्राइस्टचर्च शहरमा गएको भूकम्पमा एक सय ८५ जनाको ज्यान गएको थियो ।

न्यूजिल्याण्डमा वर्षेनी १५ हजार पटक भूकम्प जाने गरेको र त्यसमा झण्डै एक सय ५० वटा शक्तिशाली  हुने गरेको अधिकारीले बताएका छन् ।