नेपाल आयल निगमले खाना पकाउने एलपी ग्यासको मूल्य प्रति सिलिन्डर ५० रुपैयाँ घटाएको छ । चाडपर्वको अवसरमा सर्वसाधरणलाई सहुलियत दिन बिहीबार राति १२ बजेदेखि लागु हुनेगरी मूल्य घटाएको हो । ‘दसैंको अवसरमा उपभोक्तालाई राहत दिन मूल्य घटाएका छौं,’ निगमका प्रवक्ता भानु खनालले भने, ‘घटेको मूल्य बिहीबार राति १२ बजेदेखि लागु हुनेछ ।’पेट्रोल, डिजेल र मटिटतेलको मूल्य भने सामायोजन गरिएको छैन ।
हाल प्रतिसिलिन्डर ग्यासको मूल्य १३ सय ७५ रुपैयाँ छ । छुट भएपछि सर्वसाधारणले १३ सय २५ रुपैयाँमा खरिद गर्न पाउने छन् ।