पूर्वराजा वीरेन्द्रको शालिक राख्न खोज्दा नेपालगञ्जमा झडप

Avatar photo
Dhadingpost
बिहिबार, भदौ १६, २०७३

धादिङ भदौ १६

Birendra-Chok-Nepalganj

बाँकेको नेपालगञ्जमा पूर्वराजा वीरेन्द्र वीरविक्रम शाहको शालिक राख्ने क्रममा प्रहरी र युवाहरुबीच झडप भएको छ । झडपपछि स्थिति तनावग्रस्त भएको छ ।

नेपालगञ्जको धम्बोजीमा पूर्वराजा वीरेन्द्रको शालिक थियो । दोस्रो जनआन्दोलनमा पनि नभत्काइएको सो शालिक तत्कालीन माओवादी निकट अखिल क्रान्तिकारीले जनआन्दोलनपछि भत्काएको थियो ।

राष्ट्रवादी युवा समूहले बिहीबार धम्बोजीमा वीरेन्द्रको शालिक राख्न खोज्दा प्रहरीले हस्तक्षेप गरेको थियो । यद्यपी युवाहरुले शालिक भने राखिसकेका छन् ।प्रहरीविरुद्ध प्रदर्शनमा उत्रिएकाहरुले राजा आउ देश बचाउ, राजतन्त्र जिन्दावाद लगायतका नारा लगाएका थिए ।

राजतन्त्रको पक्षमा रहेका युवाहरुले वीरेन्द्रको शालिक हटाउन नदिने र त्यसको संरक्षण पनि आफूहरुले नै गर्ने बताएका छन् ।सोही स्थानमा राष्ट्रवादी युवा समूहले बिहीबार राखेको शालिक प्रहरीले हटाउन खोज्दा झडप भएको हो । झडपमा केही युवा घाइते भएका छन् ।