पोखरा, भदौ १६
बुधबार राती परेको पानीले पोखराको मुख्य बजारबाट बगाएर एक जनाको मृत्यु भएको छ । दाङ घर भई हाल पोखरा बस्दै आएकी ४० वर्षिय मिना भण्डारीको मृत्यु भएको हो ।
पोखराको सिद्धार्थ चोकबाट पानीले बगाएर भण्डारीको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।सिद्धार्थचोकमा रहेको नालामा खसेर पानीले बगाउदा उनेको मृत्यु भएको हो । नालाको ढक्कन खुल्ला रहेको र पानीले खुल्ला नदेखिए पछि उनी नालामा खसेकी प्रहरीले बताएको छ ।
नालाबाट उनलाई बगाएर करिब ४ किलोमिटर तल फेवातालको किनारा नजिक लगेको थियो । उनलाई ताल छेउमा मृत अवस्थामा भेटिएको वडा प्रहरी कार्यालय बैदामका प्रहरी निरिक्षक मोहनमणी अधिकारीले जानकारी दिए । मृतको सवलाई पोष्टमार्टका लागि पश्चिमाञ्चल क्षेत्रिय अस्पतालमा राखिएको छ । पोखरामा बुधबार बेलुका करिब २ घण्टामा ८३ दशमलव ५ मिलिमिटर पानी परेको थियो ।