धादिङ भदौ १६ –
भारतको दिल्ली सरकारका एक मन्त्री सेक्स टेपमा देखिएका छन् । दिल्ली सरकारका क्याबिनेट मन्त्री सन्दीप कुमारसेक्स टेपमा देखिएको हुन् । यसलगतै दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले बुधबार अबेर राति महिला तथा बालबालिका कल्याण मन्त्री सन्दीप कुमारलाई मन्त्रिमण्डलबाट हटाएको घोषणा गर्नुभएको छ ।
मुख्यमन्त्री केजरीवालले ट्वीट गरेर यसबारे जानकारी दिनुभएको हो । उहाँले एक सिटी आफ्नो हात लागेको बताउनुभयो । सिडीमा सन्दीप कुमार दुई महिलाको साथमा आपत्तिजनक अवस्थामा देखिएको खबर छ ।
सिडी प्राप्त भएको आधा घण्टा भित्रै सन्दीप कुमारलाई मन्त्रीबाट हटाउने निर्णय गरेको दिल्लीका उप मुख्यमन्त्री मनीष सिसोदियाले बताउनुभयो । मनीष सिसोदियाले भन्नुभयो ‘आम आदमी पार्टी सिद्धान्त भ्रष्टाचार, कुनै किसिमको अपराध वा चरित्रमा लागेको दाग नसहने हो । पञ्जाबका संयोजकले पैसा लिएको खबर आएपनि उनलाई हटाइयो । हाम्रो पार्टीले शून्य सहनशीलताको नीतिमा काम गर्छ ।’
सन्दीप कुमारले गएको महिना दिल्लीबाट मगन्तेलाई हटाउने योजना बनाएका थिए । यो योजनाको आलोचनाभएपछि मुख्यमन्त्रीले योजना फिर्ता लिनुभएको थियो ।
दिल्लीको प्रमुख विपक्षी दल भारतीय जनता पार्टी भाजपाले सन्दीप कुमारसँग सम्बन्धित घटना सार्वजनिक भएपनि आम आदमी पार्टीको आलोचना गरेको छ ।