बसुन्धरामा आज भएको सडक दुर्घटनामा धादिङका एक जना घाईते

Avatar photo
Dhadingpost
बुधबार, भदौ १५, २०७३

धादिङ भदौ १५

timthumb

राजधानीको बसुन्धरा स्थित होराइजन अपार्टमेन्ट अगाडि रिङरोडमा बस दुर्घटना हुँंदा धादिङका मोहनप्रसाद ढकाल सहित ८ जना घाईते भएका छन भने एकको मृत्यु भएको छ । महाराजगंजबाट गोंगबुतर्फ गइरहेको बा १ ख ९२८० नम्बरको बस दुर्घटना भएको हो । दुर्घटनामा बसमा सवार आठ जना घाइते भएका छन् । घाइते मध्ये पाँच जना गम्भीर छन् ।

घाइते हुनेमा धरानका विनोद परियार, दिनेश परियार, वेदराज न्यौपाने, धनगढीका मंगल सिंह ठकुरी, सिन्धुपाल्चाकेका स्याङ्वा तामाङ, सुनसरीका रवि परियार,  र मोरङका सागर पोखरेल छन् ।

यी मध्ये परियारद्वय, न्यौपाने, ठकुरी र तामाङ गम्भीर घाइते भएको महानगरीय प्रहरी वृत्त महाराजगंजका प्रमुख डिएसपी गोविन्द पुरीले दिए ।  उनीहरुको उपचार त्रिभुवन शिक्षण अस्पताल महाराजगंजमा भइराखेको छ ।

रवि, मोहन र सागरको भने बीपी स्मृति अस्पताल बसुन्धरामा उपचार भइरहेको छ । दुर्घटनापछि बसका चालक फरार छन् । मृतकको सनाखत हुन नसकेको जानकारी पुरीले दिए । उनले भने,‘प्रारम्भीक रुपमा बुझ्दा पैदलयात्रीलाई बचाउन खोज्दा बस अनियन्त्रित भएर पल्टिएको भन्ने छ, हामी थप अनुसन्धान गर्दैछौँ ।’