धादिङ भदौ १५
अष्ट्रेलियाको पर्थ शहरमा बुधबार चालकबिहिन बसको सडकमा गुडेको छ।
अष्ट्रलियाले पहिलोपटक चालकबिहिन बस परीक्षणका रुपमा गुडाएको हो। ११ जना यात्रु बोकेको सो बस २५ किलोमिटरको रुटमा गुडेको हो। बस प्रतिघण्टा २५ किलोमिटरको गतिमा गुड्ने बताइएको छ।