उत्तर कोरियाका शिक्षा मन्त्रीलाई फाँसी!

Avatar photo
Dhadingpost
भदौ १५, २०७३

धादिङ भदौ १५

timthumb.php

कोरियाका शिक्षा मन्त्री किम याङ जिनलाई फाँसी दिइएको छ। दक्षिण कोरियाको एकीकरण मन्त्रालयका प्रवक्ता जेङ जोन हीले  बुधबार पत्रकार सम्मेलनमा उत्तरले शिक्षा मन्त्रीलाई फाँसी दिएको बताए।
शिक्षा मन्त्री ही उत्तर कोरियाका राष्ट्रपति किम जोङ उन समेत संसदको बैठकमा निदाएको अवस्थामा भेटिएपछि उनीमाथि  भ्रष्टाचारको मुद्धामा अनुसन्धान थालिएको थियो। यो घटनाको शिलशिला गत महिना सुरु भएको थियो।
उत्तर कोरियाले भने यस विषयमा कुनै समाचार सार्वजनिक गरेको छैन।