मृतकको सङ्ख्या २५ पुग्यो

Avatar photo
Dhadingpost
बुधबार, भदौ १५, २०७३

 धादिङ भदौ१५ ,  ।

Bus-Accident-at-Chitwan-Tr

गत शुक्रबार नारायणगढ–मुग्लिन सडकखण्डको कालीखोला नजिकै त्रिशूली नदीमा खसेको बस दुर्घटनाका मृतकको सङ्ख्या २५ पुगेको छ ।

घटनास्थलमा २१ जनाको मृत्यु भएको थियो भने उपचारका क्रममा एक जनाको मृत्यु भएको थियो । बेपत्तामध्ये सोमबार पश्चिम चितवनको नारायणी नगरपालिका–२ भगडीस्थित नारायणी नदी किनारमा फेला परेका दुई शव र नवलपरासीको त्रिवेणीस्थित ब्यारेजमा फेला परेको एक शव बसका यात्रीको रहेको मंगलबार पुष्टि भएको छ ।

बेपत्ता भएका गरुडा–५ रौतहटका सञ्जयकुमार यादव, मोडलुवा–३ का रवीरञ्जन यादव र मोडलुवा–८ कै मुकेश रामको शव फेला परेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

सञ्जयकुमार र रवीञ्जनको शव चितवनको भगडीमा र मुकेशको शव त्रिवेणीमा फेला परेको प्रहरीले जनाएको छ । उनीहरुको शव  परिवारले बुझेर लगेका छन् ।

आफन्त बेपत्ता भएको भन्दै जिप्रका चितवनमा १३ जनाले निवेदन दिएका थिए । जसमध्ये तीन जनाको शव फेला परेको हो । अझै १० जनाका आफन्त बेपत्ता भएको निवेदन प्रहरीमा छ ।

घाइते १६ जनामध्ये दुई जना उपचारपछि घर फर्किएका छन् भने १४ जनाको चितवनका दुई मेडिकल कलेजमा उपचार भइरहेको छ ।

रौतहटको गौरबाट पोखरा जाँदै गरेको बस त्रिशूली नदीमा खसेर दुर्घटना हुँदा चालकसहित २५ जनाको मृत्यु भएको हो । बेपत्ताको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ ।