पेस्टोल देखाएर बलत्कार गर्न खोज्ने पक्राउ

Avatar photo
Dhadingpost
मङ्लबार, भदौ १४, २०७३
 धादिङ भदौ १४
timthumb (1)
पेस्तोल देखाएर तर्साउँदै जवरजस्ती करणी गरेको अभियोगमा दाङमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। गत असार ८ गते पेस्तोल देखाएर जवरजस्ती करणी गरेको र कसैलाई भनेको खण्डमा ज्यान मार्ने धम्की दिँदै आएका विजौरी गाविस ९ निबासी ३३ वर्षीय धनबहादुर पुनलाई प्रहरीले पक्राउ गरेको हो। जिल्ला प्रहरी प्रमुख एसपी धिरज प्रताप सिंहले दाङको लालमटीयाबाट पुनलाई गोप्य सूचनाको आधारमा  पक्राउ गरेको बताएका छन्।
 फेरि प्रेमले उक्त पेस्तोल सोही छिल्लीकोट निवासी २१ वर्षीय कमल वलीलाई राख्न दिएको खुलेपछि उनलाई पनि प्रहरीले पक्राउ गरेको छ।
पुन पक्राउ परेपछि हतियारका बारेमा सोधखोज गर्दा पेस्तोल राख्ने अन्य दुईजना पनि पक्राउ परेका हुन्। विजौरी गाविस वडा नं. ९ छिल्लोकोट कै प्रेम वलीलाई उक्त कटुवा पेस्तोल, एक राउण्ड गोलि दिएको पुनले बयान गरेपछि पहिला प्रेमलाई प्रहरीले पक्राउ गरेको थियो।
 प्रहरीले कमल वलीको घरमा खानतलासी गर्दा घरको माथिल्लो तलामा कपडाले बेरेर लुकाई राखेको पेस्तोल र त्यसको गोलि वरामद गरेको एसपी सिंहले जानकारी दिए।