धादिङ भदौ १४
मंगलबार सुनको मूल्य उकालो लाग्यो ।
अन्तर्राष्ट्रिय बजार पच्छ्याउँदै यसदिन स्थानीय बजारमा छापावाल सुनको मूल्य तोलामा २ सय रुपैयाँले बढेर ५८ हजार ७ सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
अघिल्लो दिन भने सुनको भाउ तोलाको ५८ हजार ५ सय रुपैयाँमा स्थिर रहेको थियो ।मंगलबार चाँदीको मूल्य पनि तोलामा १० रुपैयाँले बढेर ८ सय ५५ रुपैयाँ पुग्यो ।अन्तर्राष्ट्रिय बजारमा आइतबार साँझसम्म सुन प्रतिऔंन्स १३ सय २३ डलर हाराहारीमा कारोबार भएको थियो ।