धादिङका वेपत्ता परिवारले फेरि आज भने खोई हाम्रो आफन्त

Avatar photo
Dhadingpost
मङ्लबार, भदौ १४, २०७३

धादिङबेसी भाद्र १४ । वषौं देखि कि सास चाहियो कि लास चाहियो भन्दै आएका वेपत्ता परिवारजनले फेरि आज घाँटी सुक्ने गरि खोई हाम्रो आफन्त भनेका छन् ।

व्यक्ति वेपत्ता विरुद्धको अन्तराष्ट्रिय दिवसको अवसरमा धादिङबेसीमा भएको एक कार्यक्रममा प्रमुख जिल्ला अधिकारी सामु आज फेरि खोई हाम्रो आफन्त भनेका हुन् ।

हामी स्वर सुक्ने गरि कराई रहेका छौ तर राज्य मौन भएको भन्दै उनीहरुले आक्रोस पोखेका थिए ।
नेपाल रेडक्रस सोसाइटी धादिङ जिल्लाको आयोजनामा मनाईएको यस दिवस कार्यक्रममा धादिङका बेपत्ता भएका परिवारका सदस्यहरु र रेडक्रस सोसाइटीका कर्मचारीहरुको उपस्थीती रहेको थियो ।

कार्यक्रममा २ छोरा वेपत्ता भएका तथा वेपत्ता परिवार समाजका केन्द्रिय सदस्य रामबहादुर भण्डारीले वर्षौ वित्यो तर वेपत्ता छानविनका लागी राजनीतिक सहमतिले काम गर्न नसकेको प्रति आक्रोस व्यक्त गर्दै तत्काल वेपक्ताको टुङ्गो लगाउन सरकारलाई आग्रह गर्नु भएको थियो ।
नेपाल रेडक्रस सोसाइटी धादिङ शाखाको सभापति श्री सीताराम कोइरालाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख जिल्ला अधिकारी विश्वप्रकाश सुवेदीको प्रमुख आतिथ्यता रहेको थियो ।

नेपालमा १० वर्ष सम्म चलेको जनयुद्धको क्रममा राज्य र विद्रोही तर्फबाट १ हजार भन्दा बढी वेपत्ता भएका छनु भने धादिङबाट मात्र २७ जना अहिले पनि वेखवर छन् ।