अर्घाखाँचीमा भएको दुर्घटनामा मुत्यु हुनेको संख्या ११ पुग्यो (अपडेट)

Avatar photo
Dhadingpost
आइतवार, भदौ १२, २०७३

धादिङ भदौ १२

1472383475accident

अर्घाखाँचीको हंसपुरमा जिप दुर्घटना हुँदा ११ जनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन् । सदरमुकाम सन्धिखर्कबाट प्युठानको बाँधिकोटतर्फ जाँदै गरेको लु १ ज ४८७८ नम्बरको जिप अर्घाखाँचीको रतनमारे नजिकै आइतबार दिउँसो तीन बजेतिर दुर्घटना हुँदा ११ जनाको मृत्यु भएको हो ।

दुर्घटनामा परी ९ जनाको घटनास्थलमै मृत्यु भएको उद्धारमा खटिएका प्रहरी जवान कुलचन्द्र पोखरेलले बताए । यस्तै २ जनाको उपचारका लागि अस्पताल लैजाँदै गर्दा बाटोमा नै मृत्यु भएको हो । घाइतेहरुलाई जिल्ला अस्पताल सन्धिखर्क लगिएकोमा गम्भीर घाइते ४ जनाको त्यहाँ उपचार हुन नसकेपछि लुम्बिनी अञ्चल अस्पताल बुटवल लगिएको छ । दुई जनाको भने सन्धिखर्कमै उपचार भइरहेको छ ।

मृतकको नामावली यस प्रकार रहेका छन 

नाम                                           ठेगाना

कमला पौडेल (३६ वर्षे)              अर्घाखाँची धारपानी–६

रामबहादुर घर्ती                       हंसपुर – ५

मिन बहादुर केसी                    हंसपुर – ५

चेतबहादुर थापा                       हंसपुर – १

गाडी धनी नारायण राना           किमडाँडाँ

सिता नेपाली                           सन्धिखर्क – २

हुमबहादुर घम                         हंसपुर – २

शिप बहादुर कुमाल                गुल्मी पुर्कोटदह

भेस बहादुर थापा                   गुल्मी पुर्कोटदह

बुद्धिराम परियार                    गुल्मी पुर्कोटदह

शोभा सिंह रोका मगर             बांगेमरोठका