लोकगायक गुरुङको अन्त्येष्टि

Avatar photo
Dhadingpost
आइतवार, भदौ १२, २०७३

धादिङ भदौ १२ ।

1472389838gurung

लोकगायक खेमराज गुरुङको आइतबार साँझ पशुपतिस्थित आर्यघाटमा अन्तिम संस्कार गरिएको छ ।

उनको पार्थिव शरीरलाई नेपाल प्रज्ञा–प्रतिष्ठानमा सूचना तथा सञ्चारमन्त्री सुरेन्द्रकुमार कार्कीलगायतले अन्तिम श्रद्धाञ्जलि दिएका थिए ।

त्यस्तै आर्यघाटमा उनको शवमा नेकपा एमालेका कार्यवाहक अध्यक्ष वामदेव गौतमले पार्टीको झन्डा ओढाएका थिए ।

यसअघि उनको पार्थिव शरीरलाई हेलिकप्टरबाट गृह जिल्ला सङ्खुवासभाको खाँदबारीमा लगिएको थियो जहाँ हजारौं सर्वसाधारणले श्रद्धाञ्जली अर्पण गरेका थिए ।

लोकप्रिय गीत ‘वारि जमुना पारि जमुना, जमुनाको फेदैमा मनकामना’ का गायक गुरुङको ४२ वर्षका उमेरमा यही भदौ ९ गते चाबहिलस्थित मेडिकेयर हस्पिटलमा निधन भएको थियो ।

गुरुङका आमा र दिदी बेलायतमा भएका कारण उनीहरू आएपछि मात्र अन्त्येष्टि गरिएको हो । त्यतिन्जेल शव महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पतालमा राखिएको थियो ।

(रासस)