अर्घाखांँचीको हंसपुर गाउँं विकास समितिमा आइतबार दिउँंसो जीप दुर्घटना हुँदा दश जनाको घटनास्थलमै मृत्यु भएको छ ।
अर्घाखांँची सदरमुकाम सन्धिखर्कबाट प्युठानको बाँधिकोट जाँदै गरेको ग१ज ४८७८ नम्बरको जीप हंशपुर–५ रतनमारेस्थित पोषपाटा भन्ने ठाउँमा दुर्घटना भएको हो ।
दुर्घटनामा ६ जना घाइते भएका छन् । घाईते मध्ये ३ जनाको अवस्था गम्भिर रहेको छ ।
घाइतेहरुको जिल्ला अस्पताल सन्धिखर्कमा उपचार भईरहेको छ । दुर्घटनामा परी मृत्यु हुनेमा गाडी धनी नारायण रानाकोमात्र सनाखत भएको छ । जीप चालक भने घाइते भएका छन् ।
अप्ठेरो र उकालो बाटोमा क्षमताभन्दा बढी यात्रु राख्दा अनियन्त्रित भएर जीप दुर्घटना भएको प्रहरी नायव उपरीक्षक नवरत्न पौडेलले जानकारी दिए ।
भौगोलिक विकटताको कारण उद्धारमा समेत कठिनाई भएको प्रहरीले जनाएको छ । जीप सडकबाट करिब ६ सय मिटर तल खसेको प्रहरीले जनाएको छ । जीपमा १६ जना सवार थिए ।