पूर्व मन्त्री गोरे बहादुर खपाङ्गी रहेनन्

Avatar photo
Dhadingpost
आइतवार, भदौ १२, २०७३

काठमाडौं, भाद्र १२ । राजा ज्ञानेन्द्र शाहको पालामा महिला तथा बालबालिका मन्त्री रहेका पूर्व मन्त्री गोरे बहादुर खपाङ्गीको ७० वर्षको उमेर निधन भएको छ । उपचारका क्रममा उनको बाँसबारी न्युरो अस्पतालमा शनिबार बेलुकी १०ः२२ मा निधन भएको हो ।

२०७० साल बैशाख १२ गते काठमाडौंस्थित राष्ट्रिय सभागृहमा भएको आदिवासी जनजाति चलचित्र महोत्सवमा सहभागी हुन जाने क्रममा खपाङ्गीलाई प्रदर्शनी मार्गमा मोटरसाईकलले ठक्कर दिएको थियो । सो दुर्घटनामा अर्धचेत भइ लडेका पूर्वमन्त्री खपाङ्गीको अन्नपूर्ण न्युरो अस्पतालमा उपचार भएको थियो ।

उपचारपछि पनि उनको स्वास्थ्यमा सुधार नआएपछि उनलाई सिंगापुर लगिएको थियो । उक्त दुर्घटनापछि उनी बोल्न र चल्ल समेत नसक्ने अवस्थामा थिए ।
पञ्चयातकालमा १४ महिला जेल जीवन विताएका खपाङ्गीको सव आइतबार आर्यघाटमा अन्त्येष्टी गरिने जनाइएको छ ।