इटालीमा एक दिने राष्ट्रिय शोकको घोषणा

Avatar photo
Dhadingpost
शनिबार, भदौ ११, २०७३

धादिङ भदौ ११ –

933a8cff2c3f0f474dd319905201c1a0845508d2

भूकम्पमा परि ज्यान गुमाएको सम्झनामा इटालीमा एक दिने राष्ट्रिय शोकको घोषणा गरिएको छ । इटाली सरकारले भूकम्पमा ज्यान गुमाएकाको सम्झनामा शनिबार एक दिने राष्ट्रिय शोकको घोषणा गरेको छ । शनिबार राष्ट्रिय झण्डा आधा झुकाइने छ । बुधबार बिहान गएको ६ दशमलव २ रेक्टर स्केलको भूकम्पमा परि अहिलेसम्म दुई सय ८१ जनाको ज्यान गएको पुष्टि भएको समाचार संस्था रोयर्टसले जनाएको छ । यस्तै भूकम्पमा परि ज्यान गुएका झण्डै ४० जनाको सामूहिक अन्तिम संस्कार गरिएको छ । उद्धार तथा राहतको काम अझै पनि जारी छ । केही ठाउँमा भने जीवतको खोजी गर्ने क्रम रोकिएको छ । भूकम्पमा परि घाइते भएका तीन सय ८८ जनाको उपचार भइरहेको र त्यस मध्ये ४० जनाको अवस्था गम्भीर रहेको रोममा रहेको नागरिक सुरक्षा विभागले जनाएको छ । भूम्कप प्रभावित त्रिपाल तथा टेन्टमा बसिरहेका छन् । सरकारले भूकम्पले क्षति पुगेका सबै क्षेत्रको पुनर्निमाण गर्ने प्रतिबद्धता जनाएको छ । तर केही प्रभावितले भने सरकारको प्रतिबद्धता कार्यान्वयन नहुने हो कि भन्ने चिन्ता व्यक्त गरेका छन् ।