नेका धादिङ पोखरा सदनद्वारा विविध कार्यक्रम सम्पन्न

Avatar photo
Dhadingpost
शुक्रबार, भदौ १०, २०७३

पोखरा भदौ १०

नेपाली काँग्रेस धादिङ पोखरा सम्पर्क सदन कास्कीको वैठकले नेपाली नारीहरुको महानपर्व हरितालिका तीजको अवसरमा शुभकामना व्यक्त गरिएको जनाईएको छ । सदनका सभापति केदार धमलाको अध्यक्षतामा वसेको वैठकले नेपाल विद्यार्थी संघको ११ औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय सदस्य रामप्रसाद अधिकारी लगायत धादिङ जिल्लाबाट प्रतिनिधित्व गर्ने सम्पूर्णलाई बधाई दिइएको सदनका सचिव माधव लम्सालले जानकारी दिए । पार्टी कार्यालय चिप्लेढुङ्गामा वसेको बैठकले आगामी १५ गते धादिङ घर भई पोखरामा विभिन्न पेशा व्यवसाय गर्ने महिलाहरुलाई दर खुवाउने निर्णय समेत गरेको छ । पार्टीको नीति र भावना अनुरुप प्रशिक्षण कार्यक्रम समेत गरिने सदनका उपसभापति यादुप्रसाद ढकालले जनाएका छन् ।
सदनले धादिङ घर भई हाल पोखरा लगायत स्याङजा, पर्वत, वेनी, वाग्लुङ, तनहुँ जिल्लामा विभिन्न पेशा व्यवसाय गर्नेलाई संगठित गर्दै आएको छ । उक्त वैठकमा सदनका सभापति धमलाले पोखरामा छरिएर रहेका धादिङ वासीहरुको हितमा लाग्न नेपाली काँग्रेसमा आस्था राख्ने सम्पूर्णलाई अनुरोध गरेका थिए । हरितालिका तीजको अवसरमा नारीहरुलाई उर्जासिल र प्रतिष्पर्धी बनाउनु पहिलो कर्तव्य भएको उपसभापति दिनेशकुमार श्रेष्ठले जनाए । वैठकमा युवा नेताहरु कृष्ण थपलिया, नविन थपलिया, इन्द्रबहादुर अधिकारी, अर्जुन भट्ट लगायतको सहभागिता रहेको थियो ।